२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिवाहको पहिलो सुहागरात पछि बेहुली बेहोस्



अ+ अ-

काठमााडौं । विवाह पछि सामान्यतया मानिसले अर्को जीवनको सुरुवात भएको ब्याख्या गर्छन । तर, भारतको उत्तर प्रदेशको बागपतमा जिल्लामा भने विवाह पछि अनौंठो हर्कत देख्नमा आएका खबरहरु बाहिर आइरहेका छन् । बागपत जिल्लामा एक जोडीले गाउँमैं विवाह गरेका थिए ।

दुलाह बागपतमै शिक्षक छन्, बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । विवाह भएको दोस्रो दिन यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन उनको घरमा गए । त्यहाँ उनकी बहिनीलाई सन्चो नभएको बताइयो । कोठामा उनकी बहिनी बेहोस अवस्थामा थिइन् ।

पिताको घरबाट खुसीसाथ विदा भएर उनी नयाँ घर पुगेकी थिइन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो उनका लागी सबैभन्दा राम्रो घरमा विवाह भयो । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागेन । बिहेको पहिलो रात नै बेहुलाले यस्तो गरे कि त्यो परिवारमा बज्रपात नै आइपर्यो अनि उनकी पत्नी बेहोस भएर लड्नु पर्ने अवस्था आयो ।

त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने बताए । स्थानीय अस्पतालमा उपचार नहुने भएपछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए । त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नवविवाहिताको गुप्तांगमा धारिलो रडले प्रहार गरिएको थियो । जसका कारण गुप्तांगमा गहिरो चोट लाग्नुका साथै गर्भाशयमा समेत गहिरो चोट लागेको छ ।

त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन । पति फरार छन् र पत्नी अहिलेसम्म बेहोस छिन् जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म बेहोस ती युवत्तिको अवस्था सामान्य अवस्थामा आएको छैन । यत्ता प्रहरीले फरार पतिको खोजी गरिरहेको जनाएको छ । एजेन्सी




भर्खरै