३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध



अ+ अ-

मार्तडी । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा मुगु दुई र हुम्लाको एक स्थानीय तह गरी सात स्थानीय तह एक सातादेखि सञ्चारविहीन बनेका हुन् । हिमपातसँगै चट्याङले टावरमा क्षति पुयाएपछि एक सातादेखि सञ्चारविहीन बनेको नेपाल टेलिकम बाजुरा शाखाका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारीअनुसार बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजाग्रामा रहेको टावर बिग्रेका कारण सञ्चारबिमुख बनेका हुन् । उत्तरी भेगका चार स्थानीय तह सञ्चार सेवाबाट पूर्णरुपमा बिमुख बनेका छन् । त्यस्तै हुम्लाको ताक्लाकोट गाँउपालिका, मुगुको खत्याड गाउँपालिका पनि सञ्चारसेवा छैन् ।

कालाजाग्रामा हिउँ भएकाले कर्मचारी जान नसक्ने अवस्था भएकाले केही दिनमा पुगेर टावरको अवस्था बुझी चाँडै सञ्चालनमा ल्याउने टेलिकम शाखाको भनाइ छ । अहिले पनि हिमपात नरोकिएका कारण टावर मर्मतका लागि उक्त क्षेत्रमा जान समस्या भएको छ ।

सात स्थानीय तह नै सञ्चारविहीन भएपछि सूचना आदनप्रदान गर्न समस्या आएको बूढीनन्दा नगरपालिका नगरप्रमुख पदमकुमार गिरीले बताउनुभयो ।
त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको आँटीचौरमा रहको टावरमा पनि चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ ।