३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु-कश्मिरको आत्मघाती हमलाप्रति देउवाद्धारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै त्यस्ता आतङ्ककारी घटनाको पुनरावृत्ति हुनु अत्यन्त दुःखद भएको बताउनुभएको छ । उक्त हमलामा भारतको केन्द्रीय रिजर्भ पुलिस बलका ४० जनाको मृत्यु भएको थियो ।

‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ, हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । उहाँले यस दुःखद क्षणमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट भारत सरकार र भारतीय जनताप्रति सहानुभूति प्रकट गर्दै धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना, उहाँहरुका परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।