३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिगव्यास : मेलबर्न फाइनलमा, सन्दीपले विकेट लिन सकेनन्



अ+ अ-

काठमाडौँ । होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बेलिराइभ ओभलमा आज सम्पन्न सेमिफाइनल खेलमा १५४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको मेलबर्न स्टार्सले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

मेलबर्नमा कप्तान ग्लेन म्याक्श्वेलले अविजित ४३ र सेब गोट्चले ३३ रन बनाए । मेलबर्नकालागि पिटर ह्यान्डस्कोम्बले ३५, मार्कुस स्टोइनिस १८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो । हुरिकेन्सका लागि बेन म्याकडर्मोटले ५३ र जर्ज बेलीले ३७ रन बनाए ।

बलिङतर्फ ड्यानियल वोरलले चार विकेट लिए ।

अब बिग ब्यास लिगको उपाधिका लागि मेलबर्नले मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँगको विजेतासँग खेल्नेछ ।