२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी वरियतामा सोमपालको २२ स्थान सुधार, सन्दीप, पारस र बसन्त कतिमा ?



अ+ अ-

काठमाडौं । नेपालका युवा खेलाडी सोमपाल कामीले बरियतामा २२ स्थान सुधार गरेका छन् ।

अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बलिङ बरियतामा यसअघि ९२ औं स्थानमा रहेका उनी २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् ।

सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मी ७१ औं स्थानमा छन् । त्यस्तै, सन्दीप लामिछानेले ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ भने ९० औं स्थानमा छन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल यथावत रहेका छन् ।