२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा नतिर्दा सञ्चार मन्त्रीकै मोबाइलको लाइन काटिएपछि….



अ+ अ-

नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ।

टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिँड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन आएका रहेछन् । फोन गर्न खोज्दा पैसा नतिरिएका कारण निषेध गरिएको पो भन्छ ।’

‘आफ्नै मोबाइल काटिँदा पनि मैले अनौठो मानेको छैन, त्यसैगरी कर्मचारीले पनि पद्धति बसाउने गरी इमान्दारीसाथ काम गर्नुहोस्,’ उनले थपे ।

विभागीय मन्त्रीकै फोन काटिएको सुनेर दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो,

यसअघि मन्त्रीको शपथ खानासाथ वर्षौँदेखि शुल्क नतिरी बसेको प्रधानमन्त्री कार्यालय र आफ्नै मन्त्रालयको फोनको २५ लाख र ८ लाख तिराएपछि मात्र लाइन खोल्न उनले लगाएका थिए ।