२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वार्टरफाइनल मै रोकियो संकटा



अ+ अ-

पोखरा । नेपाल पुलिस क्लबले लिग उपविजेता सीएमजी क्लब संंकटालाई छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा पराजित गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको अन्तिम प्रि–क्वार्टरफाइनलमा पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो । अभिषेक रिजाल र रवि पासवानले गोल गरे ।

११औं मिनेटमै सुवास गुरुङको पासमा विदेशी खेलाडी म्याक्सवेल एलोनको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा पुलिसका खेलाडी नीरकुमार राईको ब्याक पासमा अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा ल्याए । ५४औं मिनेटमा पुलिसका लागि रवि पासवानले गोल गर्दै टिमलाई अग्रता दिए । विपक्षी किपर राजाबाबु थापा बिट भएको अवस्थामा रविले बललाई जाली चुमाउन सफल भएका हुन् । रवि नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । यस सिजनमा खप्तड गोल्डकपको सेमिफाइनलमा पुलिसले संकटालाई पराजित गरेको थियो । लिगमा भने संकटाले २–१ ले जित हात पारेको थियो । राजधानी दैनिकमा खबर छ ।