२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा एकता घोषणा आज, एकतापछि पार्टीको नाम राप्रपा (संयुक्त)



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकताको घोषणा हुँदै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा (राष्ट्रवादी(का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै पार्टीबीच एकताको टुंगो लागेको हो । रमजधानी दैनिकमा खबर छ ।
राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबार एकताको घोषणा हुने राप्रपा (प्रजातान्त्रिक( का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । उनले दुवै राप्रपाबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने सहमति भएको बताए ।
‘दुवै राप्रपाबीच शुक्रबार राष्ट्रिय सभागृहमा एकता घोषणा हुने तय भएको छ । पार्टी एकतापछिको पार्टीको नाम राप्रपा (संयुक्त) रहने दुवै अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता गुरुङले राजधानीसँग भने ।

दुवै अध्यक्षले बिहीबार चावहिलस्थित राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए । एकता पछि पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई सशक्त रूपमा उठाउने प्रवक्ता गुरुङले जानकारी दिए ।
राप्रपा ९राष्ट्रवादी०का सहप्रवक्ता जनक पाठकका अनुसार दुवै राप्रपाबीचको एकता घोषणापछि पार्टीको चुनाव चिह्न भने ‘हलो’ रहने सहमति भएको छ । यस्तै, एकतापछि पार्टीमा दुवै जना अध्यक्ष समान हैसियतमा रहने गरी दुई नेताबीच सहमति भएको पनि उनले जानकारी दिए ।

दुई अध्यक्ष रहने
‘दुई पार्टीबीचको एकता पछि पार्टीको चुनाव चिह्न हलो रहने र दुवै जना अध्यक्ष रहने गरी दुई अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा ९राष्ट्रवादी० का सहप्रवक्ता पाठकले भने ।
एकतापछि दुवै अध्यक्षको सहमतिमा कार्यसम्पादन समिति र निर्देशन समिति बन्ने सहमतिसमेत भएको छ । तर, सो समितिमा कति सदस्य रहने र को–को रहने भन्नेबारे दुवै अध्यक्षको सहमतिमा पछि निर्णय गर्ने बताइएको छ । यस्तै, केन्द्रीय समितिमा रहने सदस्यहरूको समेत दुई नेताले नै अन्तिम टुंगो लगाउनेछन् ।
राप्रपा ९प्रजातान्त्रिक० का प्रवक्ता गुरुङले दुवै अध्यक्षको सहमतिमा एकता घोषणा भएको १५ दिनदेखि एक महिनाभित्रैमा कार्यसम्पादन समिति, निर्देशन समिति र केन्द्रीय समितिबारे टुंगो लाग्ने जनाए । हाल राप्रपा ९प्रजातान्त्रिक०मा २५१ जनाको केन्द्रीय समिति छ भने राप्रपा (राष्ट्रवादी) मा ११६ जना केन्द्रीय सदस्य छन् ।

यसैगरी, दुवै राप्रपाबीचको एकताका विषयमा हिन्दू धर्म र राजसंस्थाको विषयमा समेत सहमति जुटेको छ । सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र सबै पक्षलाई चिक्त बुझ्ने सहमति र साझा संस्थाका रूपमा राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा एकतापछि पार्टी अघि बढ्ने सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा पार्टी एकता घोषणापछि महाधिवेशन सम्पन्न नभएसम्म दुई अध्यक्षबीचको सहमतिअनुसार दुवै पार्टीको विधानलाई आधार मानेर एकता घोषणाको ३० दिनभित्र अन्तरिम विधान बनाइने उल्लेख छ । यस्तै, एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई राप्रपाबीच मात्रै पार्टी एकता घोषणा हुन लागेको हो । एकतापछि पनि समान विचार राख्ने अन्य पार्टी, व्यक्ति र समूहसँग एकीकरणका लागि प्रयास निरन्तर रहने दुवै अध्यक्षद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा उल्लेख छ ।
२०७४ मा भएको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ र राप्रप्रा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गरेका थिए ।




भर्खरै