२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत महिनाबाट सरकारले गति लिने कार्यवाहक प्रमको उदघोष



अ+ अ-

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी चैत महिनापछि सरकारका कामले गति लिने बताएका छन् । चैतभित्र सरकारलाई चाहिने कानून बनिसक्ने भन्दै त्यसपछि गति लिने बताएका हुन् ।

हेटौंडामा बुधबार पत्रकारहरुले ‘सरकारले काम गर्न नसकेको जनगुनासो बारे के भन्नुहुन्छ ?’ भन्दै सोधेको प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘आगमी चैत्रभित्र सरकारलाई चाहिने सबै कानून बन्छ, त्यसपछि सरकारको कामले गति लिन्छ ।’ पोखरेलले संवैधानिक र राजनीतिक परिवर्तन भए पनि त्यस अनुरुप कानूनी संरचना नहुँदा काम गर्न समस्या रहेको बताएका थिए ।

यस्तै उनले अनियमितता गर्नेहरुसँग सौदाबाजी नगर्ने जिकिर गरेका छन् । अनियमितता र कानूनविपरित भएका कुनै पनि कार्यका लागि सरकारले सौदाबाजी नगर्ने बताएका हुन् । समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

वाइडबडी प्रकणमा संलग्नहरुबारे छानबिन भइरहेको भन्दै उनले उच्चस्तरीय आयोगले प्रतिवेदन दिएपछि थप कुरा गर्न सकिने बताए । ‘हामी प्रक्रियाभन्दा बहिर जाँदैनौं, प्रतिवेदन आएपछि सरकारले पोजिसन लिन्छ’, पोखरेलले भने । डा. गोविन्द केसीका सबै मागका विषयमा पनि प्रतिवेदन आइसकेको र सोही अनुसार काम हुने उनले बताएका छन् ।