२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा विप्लव माओवादीले लगाए काँडेतार



अ+ अ-

चितवन । भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ। पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब ३० मिटर सीमानामा काँडेतार लगाएको हो।

१९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौता खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ। राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए। उनले सीमा रक्षाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको शुरुआत गरिएको अखिल ९क्रान्तिकारी० का केन्द्रीय महासचिव प्रकाश शाहीले बताए।
भारतले सीमा मिच्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले काँडेतार लगाउन बाध्य भएको नेपाल समाचारपत्रलाई बताए। नेपाली झन्डासहित काँडेतार लगाएर सरकार र भारतलाई खबरदारी गरिएको उनको भनाइ छ।

विप्लव माओवादी माडी नगरपालिकाका इन्चार्ज टीका न्यौपानेले नेपाल भारत सीमा सोमेश्वर क्षेत्रको दश गजामा सीमा मिचेका कारण काँडेतार लगाएको बताइन्। देशभरका सीमाना मिचिइरहेको बेला सांकेतिक विरोधस्वरूप ३० मिटर सीमानामा काँडे तार लगाइएको उनले बताइन्। ‘२५ वर्ष पहिले नाचनचुरी डाँडा हाम्रो नेपालको भूभाग थियो’, उनले भनिन्– ‘हाम्रो सीमा अहिले बिस्तारै तल झरेको छ।’ पछिल्लो समय सो क्षेत्रमा नेपालीको आवतजावत बढे पनि भारतीयको हस्तक्षेप भने नरोकिएको उनले बताइन्। माडीको सोमेश्वरगढी धार्मिक तथा ऐतिहासिक क्षेत्र हो। नेपाल र अंगे्रजबीच लडाइँको समयमा सो क्षेत्रमा गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो। नेपाल समाचार पत्रबाट ।




भर्खरै