२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सामुदायिक स्वास्थ्य क्लिनिकको भरमा रोल्पाली



अ+ अ-

रोल्पा । रोल्पाका ७२ मध्ये २२ वडामा आधारभूत स्वास्थ्य सेवाको समेत अभाव छ । २२ वडामा सामान्य स्वास्थ्य सेवा उपलब्ध हुने स्वास्थ्यचौकी समेत नहुँदा स्थानीयवासी घन्टौँ पैदल हिँडेर उपचार सेवा लिन बाध्य छन् । संघीयता कार्यान्वयनमा आएपछि घर–आँगनमै शिक्षा, स्वास्थ्यलगायतका सेवा उपलब्ध हुने भनिए पनि रोल्पाका हजारौँ नागरिक आधारभूत स्वास्थ्य सेवाबाटसमेत वञ्चित हुँदै आएका छन् ।

राज्य पुनर्संरचना गर्दा साबिकका ४९ गाविस र नगरपालिकालाई समायोजन गरेर ७२ वडा कायम गरिएको थियो । स्थानीय तह कार्यान्वयनमा आए पनि साबिक ४९ गाविसमा मात्रै स्वास्थ्य संस्था कायम छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट डा। सुशील आचार्यले कायम भएका नयाँ २२ वडामा स्वास्थ्यचौकी सञ्चालन हुन नसकेको बताए । स्वास्थ्यचौकी नभएका वडाका नागरिक आफूलाई पायक पर्ने वडामा रहेका स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन् ।

पूर्वाधार र जनशक्ति अभाव
जिल्लामा मध्यमस्तरको स्वास्थ्य सेवा दिने जिल्ला अस्पतालमा समेत आवश्यक पूर्वाधार र जनशक्ति अभाव छ । सदरमुकाम लिबाङमा रहेको जिल्ला अस्पतालमा १५ बेड मात्रै स्वीकृत भए पनि २१ बेडमा सेवा सञ्चालन गरिएको डा। आचार्यले जानकारी दिए । ‘गर्भवतीका लागि पाँचवटा छुट्टै बेडसहित २६ बेडको सेवा दिएका छौँ’ आचार्यले भने, ‘आवश्यक स्वास्थ्य उपकरण, भवन तथा स्वास्थ्यकर्मीको अभाव उस्तै छ ।’

सुलीचौर र होलेरीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था पनि सन्तोषजनक छैन । यहाँ पनि उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको अभाव छ । स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार र जनशक्तिका लागि आफूले पहल गरिरहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए । ‘जिल्लाको एक मात्र अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्ने क्षमता विकास गर्न लागिपरेका छौँ’, बुढाले भने । जिल्लाका सबै वडामा स्वास्थ्यचौकी स्थापना गर्न आफूले समन्वयात्मक भूमिका खेलिरहेको उनको भनाइ छ ।

१७ स्थानमा सामुदायिक स्वास्थ्य क्लिनिक
जिल्लाका १७ स्थानमा सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । ‘स्थानीय सरकारको इच्छाशक्ति भए स्वास्थ्य संस्था नभएका सबै वडामा तत्कालका लागि सामुदायिक स्वास्थ्य क्लिनिक स्थापना गरेरै भए पनि सेवा दिन सकिन्छ’, डा. आचार्यले भने ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।