२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्स र मिलान क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौँ । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्स र एसी मिलान कोपा इटालिया फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले हरायो । अर्को खेलमा मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा २–० गोलले नै पराजित गर्यो ।

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले खेलको नवौं मिनेटमा खाता खोलेको थियो । युभेन्ट्सका फेडरिको बर्नारडेस्चीले गोल गरे । मोइस किनले ४९औं मिनेटमा अर्को गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट गोल भएन ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा एसी मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा हराएको थियो । ९० मिनेटको खेल गोलरहित बराबरमा सकिएको खेलमा अतिरिक्त समयमा मिलान हावी भयो । मिलानले एकसय दुई र एकसय आठौं मिनेटमा गोल गरेको थियो । मिलानका लागि दुवै गोल प्याट्रिक कटरोनले गरे । अर्को खेलमा लाजियोले नोभारालाई ४–१ गेलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो ।