२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित फुटबलर रोनाल्डो प्रहरीको निगरानीमा, बलात्कार आरोप



अ+ अ-

काठमाडौं ।  चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोसँग अमेरिकाको लस भेगास प्रहरीले डीएनए स्याम्पल माग गरेको छ। एक महिलामाथि बलात्कार गरेको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्धाको अनुशन्धानका क्रममा प्रहरीले डीएनए स्याम्पल मागेको हो।

स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध भएका ३३ वर्षीय रोनाल्डोका कानुन ब्यवसायी पिटर एस क्रिस्टिनसेनले पनि लस भेगास प्रहरीले डीएनए स्याम्पल मागेको समाचारको पुष्टि गरेका छन्।

क्याथरिन मायोर्गा नामक महिलाले सन् २००९ मा लस भेगासस्थित एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। रोनाल्डोले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्। रोनाल्डोले मायोर्गालाई बालात्कार गरेको समाचार सबैभन्दा पहिला एक जर्मन साप्ताहिक पत्रिकाले प्रकाशित गरेको थियो।  समाचार अन्नपूर्ण पोष्टमा छ ।