२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा सामान्य सुधार



अ+ अ-

काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर रु ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार आज कारोवार भएका कूल ११ कम्पनीमध्ये चार उपसमूहको शेयर घटेको छ । यस्तै सात उपसमूहको शेयर भने बढेको छ । होटल एक दशमलव ७८, विकास बैंक छ दशमलव छ, जलविद्युत् दुई दशमलव ३५ र उत्पादन पाँच दशमलव ८२ विन्दुले घटेको छ । 

यस्तै बैंकिङ एक दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त पाँच दशमलव सात र जीवन बीमा पाँच दशमलव ९६ विन्दुले बढेको छ । 

स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् । 




भर्खरै