२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणका खेल सोमबारदेखि



अ+ अ-

काठमाडौँ ।  राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएको छ ।

एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीन/तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।
सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछन् । सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

एघारौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो । लिगमा शत्प्रतिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङलले ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौँ पटक लिग च्याम्पियन बन्यो ।

उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ । मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सङ्कटा क्लब २५ अङ्कसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार क्लब २३ अङ्कसाथ तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचौँ स्थानमा छ ।

त्यसैगरी १७ अङ्कसहित हिमालयन शेर्पा छैटौँ, समान १७ अङ्क जोडेको सशस्त्र प्रहरी बल (एपिएफ) सातौँ, १५ अङ्कसहित च्यासल युथ क्लब आठौँ र ११ अङ्क जोडेको जावलाखेल युथ क्लब नवौँ स्थानमा छ । दश अङ्क रहेको सरस्वती दशौँ स्थानमा छ भने ९ अङ्क जोडेको फ्रेण्डस क्लब एघारौँ स्थानमा छ । त्यस्तै ६/६ अङ्क रहेको मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब क्रमशः बाह्रौँ र तेह्रौँ स्थानमा छन् । न्यूरोड टिम (एनआरटी) पाँच अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ ।