२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशुतोष सेक्युरिटीजलाई कारोवारमा रोक



अ+ अ-

काठमाडाैं : नेपाल स्टक एक्सचेञ्जले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजलाई धितोपत्रको कारोवारमा रोक लगाएको छ ।

सो कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएको पाइएकाले कालोसूचीमा पर्नका कारण तथा तथ्य खुलाई सात दिनभित्र पेश गर्न स्टकले निर्देशनसमेत दिएको छ । स्टकले आज उक्त निर्णय गरेको हो ।

धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम १८ मा सञ्चालक वा कार्यकारी प्रमुखको आयोग्यता आफू अथवा आफू सञ्चालक तथा कार्यकारी प्रमुख रहेको कम्पनी वा सङ्गठित संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको अवधिभर कारोवार गर्न नपाउने व्यवस्था रहेको छ ।

सो कम्पनीबाट कारोबार राफसाफ तथा फछ्र्यौटलगायत अन्य कारोवार हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न भनिएको स्टकका कायम मुकायम सहायक प्रबन्धक सुरेश जोशीले जानकारी दिनुभयो ।