२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार



अ+ अ-

काठमाडौँः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।

यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् ।

कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् ।

अघिल्लो महीना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् ।

ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चाँैथा वेष्ट इण्डिजका इभान लेविसे र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, इग्ल्यान्डका आदील राशिद चाँैथो र अष्ट्रेलियाका आडम जम्पा पाँचौ स्थानमा छन् । अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शाकिब अल हसन दोस्रो स्थानमा छन् ।

अफगानिस्तानका मोहमद नाबी तेस्रो, बङ्गलादेशका मोहमद महुदुल्लाह चौथो र दक्षिण अफ्रिकाका जेपी डुमिनी पाँचौ स्थानमा छन् । अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएका हुन् ।