२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न परिवारलाई सिरक वितरण



अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ ।

सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गर्नुभएको हो । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख विष्टले बताउनुभयो ।

नगरप्रमुख विष्टले भन्नुभयो, “वडा नं २ को कार्यालयले जाडोयाममा कमजोर अवस्थाका स्थानीयवासीलाई सिरक वितरण गरेकामा धन्यवाद दिन्छु”, उहाँले भन्नुभयो, “रचनात्मक कार्यको निरन्तरता आवश्यक छ ।”

चार बैंकलाई भत्ताको जिम्मेवारी

त्यसैगरी भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणका लागि यहाँका चार बैंकलाई जिम्मेवारी दिएको छ । स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण शुरु गरेको थियो ।

नगरप्रमुख विष्टले स्थानीय तह निर्वाचनमा सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट वितरण गरिएको बताउनुभयो । “बैंकबाट वितरण हुँदा वृद्धवृद्धाले सास्ती खेप्नुपरेको थियो ।” उहाँले भन्नुभयो, “अहिले घरआँगनकै वडा कार्यालयबाट वितरण हुँदा सहजता थपिएको छ ।”

भीमदत्त नगरपालिकामा कञ्चन बैंकले सबैभन्दा बढी वडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चनपछि कुमारी बंैकले बढी बडामा भत्ता वितरणको जिम्मा लिएको छ । कञ्चन बैंकले वडा नं २, ३, ६, ७, ८, ९, १०,१५, १६, १७ र १९ वडामा भत्ता वितरणको जिम्मा लिएको छ ।

यसैगरी वडा नं ५, ११, १२, १३, १४ मा कुमारी बैंकले भत्ता वितरणको जिम्मा लिर्दैै आएको छ । वडा नं १ र ४ प्रभु बैंक तथा वडा नं १८ मा एनससीसी बैंकले भत्ता वितरणको जिम्मेवारी दिएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्तामा रु १८ करोड बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, दलित, दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख राउटे, राजी समुदाय, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता दिने गरिएको छ । भीमदत्तमा १० हजार बढी बासिन्दाले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् । रासस