२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लोको कपडालाई बजार



अ+ अ-


गाईघाट । प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले विस्तारै बजार पाउन थालेको छ ।

परम्परागत अल्लोबाट बन्ने कपडाको महत्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा निकै बजार पाउन थालेको यसमा सम्बद्ध उद्यमी बताउँछन् ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थारूहट रङ्गशालामा गत मङ्सिर २० देखि मङ्सिर २९ गतेसम्म सञ्चालन भएको प्रदेश नं। १ स्तरीय घरेलु महोत्सवमा अल्लोको कपडाले निकै बजार पाएको खोटाङ उत्तरी पहाडी क्षेत्रका अल्लो कपडा उद्यमी नरेन्द्र थुलुङ राई बताउनुहुन्छ ।

राई भन्नुहुन्छ, “केही वर्षअघिसम्म अल्लोको महत्व नबुझेर आधुनिक तयारी कपडाका कारण धेरै हाम्रा नेपाली दाजुभाइले अल्लो भनेको त कपडा नै होइन भन्ने सोचमा हुनुहुन्थो, तर अहिले अल्लोको महत्व निकैले बुझ्न थाल्नु भएछ, अब अल्लो कपडाको निकै राम्रो व्यापार हुन थाल्यो ।”

यस पटकको उदयपुर महोत्सवमा आफूले झण्डै रु ५० हजारभन्दा बढी मूल्यको हाराहारीमा अल्लो कपडा बिक्री गर्न सफल भएको राई बताउनुहुन्छ । यस्तै ओखलढुङ्गा सिस्नेरीका अर्का अल्लो कपडाका उद्यमी हर्कमान रुम्दाली राईको पनि धारणा उस्तै छ ।

राई भन्नुहुन्छ, “गत वर्षको उदयपुर महोत्सवमा आफूले रु १० हजारको मात्र अल्लो कपडा बिक्री गरे पनि यस पटक रु ४० हजारभन्दा बढीको अल्लो कपडा बिक्री भयो ।” अब बल्लो कपडाको महत्व सबैले बुझ्न थालेछन्, यस्ता महोत्सवले नै हाम्रा परम्परगत संस्कृति बोकेका अल्लो कपडाको पनि महत्व र बजार बढाएको राई बताउनुहुन्छ ।

अल्लो कपडाको कोट, जुहारीकोट, स्टकोट, टोपी, महिलाले लाउने स्कटदेखि विभिन्न प्रकारका ब्याग, झोला कपडा उत्पादनसँगै अहिले अल्लो कपडाले बजार पाउन थालेको यसमा आबद्ध उद्यमी बताउँछन् ।

यसका उद्यमी हर्क रुम्दाली राईका अनसार अल्लो कपडाले मुटुका रोग, रक्तचाप र छालाका चर्मरोग हुनेलाई बढी फाइदा गर्ने बताउनुहुन्छ । अल्लो कपडाले यस्ता घरेलु महोत्सवबाट वर्षेनी बजार पाउँदै गएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरका अध्यक्ष मधुकर थापाको धारणा छ । रासस