२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक अफ काठमाडौले २५ प्रतिशत लाभांश दिने



अ+ अ-

काठमाडौँ । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा रु एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब भन्दा बढी पुग्नेछ । रासस