२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्री थेरेसा युरोप भ्रमणमा



अ+ अ-

ब्रसेल्स । मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन ब्रेक्जिट बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली नेताहरुको समर्थन खोज्नु हुनेछ ।

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकामा आश्चर्य व्यक्त गर्नुभयो । “म आश्चर्यचकित भएको छु किनभने हामीले नोभेम्बर २५ मै यस बारेमा सम्झौता गरिसकेका छौं,” उहाँले भन्नुभयो ।

“मैले आज साँझ बेलायती प्रधानमन्त्रीलाई भेट्दैछु र मैले भन्ने कुरा के छ भने हामीले यसअघि गरेको सम्झौता सबैभन्दा राम्रो थियो, र यो नै उत्तम हो,” जन्करले बताउनुभयो ।

प्रधानमन्त्री मेले युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कसँग पनि भेट्नुहुनेछ । उहाँहरुबीच बिहीबार आपतकालीन ब्रेक्जिट वार्ता गर्नेगरी तय भएको छ । टस्कको कार्यालयले बेलायती प्रधानमन्त्री मे दी हेगको भ्रमण पश्चात् ब्रसेल्स आउनुहुने जनाएको छ । उहाँले नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट र जर्मन चान्सलर एन्जेला मर्केलसँग बर्लिनमा भेटघाट गर्नुहुनेछ ।

सोमबार, ब्रेक्जिट सम्झौतालाई बेलायती संसदबाट पारित गर्ने कार्यक्रम प्रधानमन्त्री मेले हाल स्थगित गर्नुभएको छ । उहाँले ब्रेक्जिट सम्बन्धी सम्झौताका बारेमा संसदमा मतदान गर्नुअघि युरोपेली नेताहरुको समर्थन लिन खोज्नुभएको छ । तथापी, युरोपेली युनियनसँग यसअघि नै ब्रेक्जिट बारे सम्झौता भइसकेको छ । रासस