२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम खेलमा डिसिएस पराजित



अ+ अ-

धनगढी, १४ कात्तिक (रासस) ः मुम्बइ भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आज भएको अन्तिम मैत्रीपूर्ण खेलमा मुम्बइको भिवन्डी गाउँको टिमसँग पराजित भएको छ ।

मुम्बइको कल्याणस्थित भिवन्डी गाउँको टिमले डिसिएलाई दुई विकेटले पराजित गरेको हो । ३० ओभरको खेलमा डिसिएले दिएको १६७ रनको लक्ष्य भिवन्डीले अन्तिम एक ओभरको खेल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा ग¥यो ।

मैत्रीपूर्ण खेल खेल्नका लागि यही कात्तिक ४ गते मुम्बइ गएको डिसिएले विभिन्न क्लबसँंग छ वटा एकदिवसीय र एउटा टी–२० गरी सात अभ्यास खेल खेलेकामा तीनमा जित र चार खेलमा पराजय व्यहोरेको छ ।

सोनाले क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ रोजेको डिसिएले निर्धारित ३० ओभर खेल्दै नौ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । डिसिएका लागि सोनु मण्डलले तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पूरा गर्दै नटआउट ६८ रन बनाए ।

कप्तान सुवोध ऐरले ब्याटिङ गर्दै दुई छक्का र दुई चौकाको मद्दतले छ बलमा २० रन बनाए । किरण नाथले १९ रनको योगदान गरे । डिसिएका अरु ब्याट्सम्यान रन आउट भएका थिए ।

बलिङ गर्दै भिवन्डीका सोेहेब गौरीले सर्वाधिक चार र खसिद अन्सारीले दुई विकेट प्राप्त गरे । जवाफी ब्याटिङमा उत्रेको भिवन्डीले अन्तिम ओभर बाँकी रहँदा जित हात पारेको थियो ।

डिसिएका १० वर्षीय खेलाडी सुवोध तिवारीले तीन विकेट लिए पनि खराब फिल्डिङ र चार क्याच छोडेका कारण डिसिएले पराजय व्यहोर्नु प¥यो । यस्तै सोनुले दुई, कुश मण्डलले दुई र सन्दिप आउजीले एक विकेट हात पारेका थिए ।




भर्खरै