२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छलफल नै नगरी ल्याइएको कानूनले मुलुकमा समस्याः सयोजक ठाकुर



अ+ अ-

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताएका छन् ।

राजपा पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्बाट निर्माण भएका कानूनलाई छलफल नै नगरेका कारण डाक्टर, पत्रकार, चालकलगायत पेशाकर्मी आन्दोलनमा उत्रिएको बताए ।

संयोजक ठाकुरले कानूनमा त्रुटी भएको सरकारसमेत स्वीकार गरिसकेकाले यसलाई सच्याउनुको विकल्प नभएको बताउँदै अब भन्ने कानूनको विषयमा व्यापक छलफल गरी निर्माण गर्न सरकारलाई सुझाव दिए ।

राजपासँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेका कारण मुलुकमा फेरि आन्दोलनको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारका लागि सङ्र्घष भइरहने विचार व्यक्त गरे ।
संयोजक ठाकुरले राजपासँग भएका सम्झौतालाई कार्यान्यन गर्न सरकारलाई आग्रह पनि गरे । राजपाका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का प्रदेश सदस्य रमेशप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयोजक ठाकुरले आगामी वैशाख ७, ८ र ९ गते राजपाको केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिए ।

महाधिवेशनलाई समयमा पूरा गर्न गाउँदेखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीलाई उनले निर्देशन पनि दिए ।