२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईले दिए संविधान दिवसको सन्देश



अ+ अ-

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधान प्राप्त भएको आजको दिन हर्षोल्लासका साथ मनाउनसमेत आग्रह गरेका छन् ।

मुख्यमन्त्री राईले सन्देशमा नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको र संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन भई तीनवटै तहका सरकार सञ्चालन भइरहेको अवस्थामा राज्य सञ्चालनका संवैधानिक र कानूनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सृदृढ गरेको मैले विश्वास लिएको छु भनेका छन् ।

सन्देशमा उनले नेपालको संविधानले धर्म्निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग, क्षेत्रका जनताको हकअधिकार प्रत्याभूत गरेको छ भनेका छन् ।

यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्णरुपमा सार्वभौम बनाएको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वाससमेत व्यक्त गरिएको छ ।