२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसी दलका नेताहरुको तीन घन्टा गोप्य बैठक



अ+ अ-

भक्तपुर, भदौ ३० । तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच बुधबार भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ ।

संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घन्टा लामो छलफल भएको हो ।

संविधान जारी हुने नै भएपछि तराईको आन्दोलनलाई अझै अघि बढाउने वा वार्तामा जाने भन्नेबारेमा छलफल गर्न  बैठक बसेको ठाकुर निवास स्रोतले जानकारी दिएको छ ।

बैठक मध्याह्न १ः२० देखि अपराह्न ४ः३० बजेसम्म जारी रहेको थियो ।

बैठकमा तमलोपाका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत हृदयेश त्रिपाठी, रामनरेश यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, मनिष सुमनको सहभागिता रहेको बताइएको छ । रासस




भर्खरै