२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेश लगायतको अडियो टेप संसदमा पेश



अ+ अ-

काठमाडौं, साउन ३२ ÷ गृहमन्त्री बामदेव गौतमले सभासद्हरुले नै क्षेत्रीय द्वन्द्व र सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै अडियो टेप संसदलाई उपलब्ध गराएका छन् ।

सोमवारको संसद बैठकमा गृहमन्त्री गौतमले संघीयताको सिमाङ्कनका विषयमा आवेशमा आएर सभासद्हरुले सद्भाव भड्काइरहेका सरकारको ध्यानाकर्षण भएको भन्दै संसदमा अडियो पेश गरेका हुन् । केही दिनअघि काँग्रेस सभासद् अमरेश सिंह लगायतले हतियार उठाएर पहाडीलाई तराईबाट हटाउने सामाजिक सद्भाव विपरितको अभिब्यक्ति दिएका थिए ।

हमन्त्रीले टेप उपलब्ध गराए लगत्तै सभामुख सुवास नेम्वाङले अडियो टेपबारे आवश्यक छानबिन र अनुगमन गर्न संसदको सम्बन्धित समितिलाई निर्देशन दिएका थिए ।
संसदको शून्य समयमा पनि एमाले सांसद गरीमा शाह लगायतले पनि सांसद सिंहका अभिब्यक्तिको आपत्ति जनाएका थिए ।