२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा नियमिततर्फ २६ प्रतिशत उतिर्ण



अ+ अ-

४७ मध्ये ३ विद्यालयको रिजल्ट शून्य

पाँचथर जिल्लावाट एस एल सीमा सहभागी भएकाहरु मध्ये २६ दशमलव ६२ प्रतिशत परिक्षार्थी उतिर्ण भएका छन्।
जिल्लावाट परीक्षामा सहभागी भएका नियमित तर्फका ३ हजार ४ सय ३० मध्ये ९ सय एक परीक्षार्थी उतिर्ण भएका छन्। उतिर्ण मध्ये १६ जना विशिष्ठ श्रेणिमा , ३ सय दुइ जना प्रथम श्रेणी, ५सय ४० द्वितिय श्रेणी र ४३ जना तृतिय श्रेणिमा उतिर्ण भएका छन्।
विशिष्ठ श्रेणिमा उतिर्ण गर्नेमा सरकारी विद्यालयहरु फिदिम उच्च मावि फिदिमका एक र माङजावुङ माविका एक  सहित १६ जना रहेका छन् जिल्ला शिक्षा कार्यालय पाँचथरका परिक्षा शाखाका प्राविधिक सहायक शुक्रराज राईका अनुसार जिल्लाका ४७ वटा विद्यालयको नतिजा जाँचका क्रममा ३ वटा विद्यालयको रिजल्ट निल भएको पाइएको वताए।
ति विद्यालयहरुमा सिध्ददेवि मावि सिदिन , सिंहसिध्द मावि याङनाम र सरस्वति उच्च मावि मेमेङ रहेका छन्। राइका अनुसार  ४५ वटा विद्यालयको नतिजा जाँच गर्न वाँकि छ।
गत वर्ष पाँचथर जिल्लावाट १३ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका थिए।