२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ अर्बको लगानीमा व्यापार विविधीकरण गर्दै नेशनल ट्रेडिङ



अ+ अ-

जेठ १, काठमाडौं । नेशनल ट्रेडिङ लिमिटेडले रू. १ अर्बको लागतमा पेट्रोलियम पदार्थ, फर्नेश आयल र अलकत्राको व्यापार गर्ने भएको छ । टेकुस्थित केन्द्रीय कार्यालय रहेको स्थानको ५५ रोपनीमध्ये १८ रोपनी जग्गा विक्री गरेर व्यापार गर्ने योजना बनाएको नेशनल ट्रेडिङकी महाप्रबन्धक प्रमिलाकुमारी यादवले बताइन् । सो जग्गा विक्री गर्नेसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि सोमवार प्रधानमन्त्रीको कार्यालयमा दर्ता गरेको उनले जानकारी दिइन् । ‘स्वीकृति पाएमा जग्गा विक्रीको प्रक्रिया शुरू गरिनेछ,’ उनले भनिन् ।

जग्गा विक्रीबाट करीब १ अर्बभन्दा बढी रुपैयाँ आउने यादवको भनाइ छ । सो रकमबाट लिमिटेडले ११ ओटा पेट्रोल पम्पसहित अन्य नयाँ व्यापारमा हात हाल्न खोजेको छ । उक्त जग्गा संस्थानले आफै आर्जेको भएकाले राज्यको कुनै हस्तक्षेप हुन नहुने उनको भनाइ छ । सो जग्गा खरीदका लागि हाल बीमा समिति र कर्मचारी सञ्चय कोषले प्रस्ताव गरिसकेका छन् । ‘आज (मङ्लवार) बस्ने बैठकले सोसम्बन्धी निर्णय गर्नेछ,’ उनले भनिन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १८ गते अर्थ मन्त्रालयमा उक्त जग्गा विक्रीसम्बन्धी प्रस्ताव पठाएको थियो । प्रस्तावमा सो जग्गा विक्री गर्न पाउनुपर्ने अन्यथा संस्थान नै बन्द गराउनुपर्ने उल्लेख भएको यादव बताउँछिन् । अर्थले सोही दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जग्गा विक्रीका लागि मन्त्रिपरिषद्मा लैजान अनुमति दिएको थियो । नेशनल ट्रेडिङले विगत ५० वर्षदेखि विभिन्न मेशिनरी, निर्माण सामग्रीसहित खाद्यवस्तु तथा कपडाहरू विक्री गर्दै आएको छ । नयाँ व्यापारमा हात हाल्दा पनि सफलता प्राप्त हुने लिमिटेडको दाबी छ ।