२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाँत माझ्ने स्मार्ट ब्रस



अ+ अ-

ब मोबाइल र

लगाउने पहिरनमात्र स्मार्ट रहेनन् । ‘इन्टरनेट अफ अल थिङ्स’को अबधारणाअनुसार दैनिक प्रयोग हुने सवैजसो सामाग्र विस्तारै स्मार्ट बन्दैछन् ।

यो बर्ष स्मार्ट पहिरनमा कम्पनीहरुवीच कडा प्रतिस्पर्धा हुँदै छ भने याहु, गुगल, एप्पल र शाओमीजस्ता प्रबिधि हस्तीहरुले स्मार्ट घरको बिकाशका लागि मेहेनत गरिरहेका छन् ।

यसैक्रममा यसै साता सम्पन्न कन्जुमर इलेक्ट्रोनिक सो मा दाँत माझ्ने स्मार्ट ब्रस आर्कषणको केन्द्र बन्यो
। कोलिब्री कम्पनीले उत्पादन गरेको यस्तो इलेक्ट्रोनिक ब्रस धेरै सन्र्दभमा आश्चर्यजनक र अदभूत छ ।

यो ब्रस ब्लुटुथमार्फत् तपाईंको मोबाइलमा जोडिन्छ । कनेक्टेड ब्रसले दाँत माझ्दा तपाईले कहाँ प्रयोग गरिरहनुभएको छ जानकारी रियलटाइम स्त्रिmनमा हेर्न सक्नुहुन्छ ।

राम्रोसँग बैज्ञानिक तरिकाले ब्रस गर्ने बानी बसाउन यसमा एउटा गेमको बिकाश गरिएको छ । यदि तपाईले कुनै ठाउँमा ब्रस गर्न छुटाउनुभयो भने स्त्रिmनमा तत्कालै त्यसको जानकारी आउँछ । तपाईंले राम्रोसँग ब्रस गर्नुभएको छ भने स्त्रिmनमा सुनौलो रङ देखिने छ ।

प्रायः बच्चाले ब्रस गर्न नमान्ने र राम्रोसँग ब्रस नहुने समस्या रहेको भन्दै कोलिब्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत थोमस सर्भलले भने- यो ब्रसमार्फत् खेल खेल्दै बच्चाले आनन्दसँग ब्रस गर्न सक्नेछन, अब उनीहरुका लागि ब्रस गर्नु आनन्दको बिषय हुने छ ।’

२ सय अमेरिकी डलर मूल्य पर्ने यो ब्रस केही महिनाभित्र बिक्रि सुरु हुने बताइएको छ । यस्तो ब्रस बनाउने कोलिब्री पहिलो कम्पनी भने हैन् । ओरलबी र ग्रुस कम्पनीले यस्तै कनेक्टेड ब्रसको बिकाश गरिसकेका छन् ।