२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नति माइक्रो फाइनान्सद्वारा वित्तीय कारोबार सुरु



अ+ अ-

रुपन्देही, २६ मंसिर । रुपन्देहीको पड्सरीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रो फाइनान्स वित्तीय कम्पनील आफ्नो कारोबार सुरु गरेको छ । मुलुकमा व्याप्त गरिबी न्यूनीकरणका लागि टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको फाइनान्सको नेपाल राष्ट्र बंैक सिद्धार्थनगरका व्यवस्थापक हरिशरण केसीले उद्घाटन गरे ।

लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वतलगायत १० जिल्लामा फाइनान्सले कारोबार क्षेत्र पाएको छ । आजदेखि केन्द्रीय कार्यालयबाट कारोबार सुरु गरिएको अध्यक्ष भरतकुमार शाहले जानकारी दिए ।

फाइनान्सको उद्घाटनपछि बोल्दै राष्ट्र बंैकका व्यवस्थापक केसीले गरिबी निवारणका लागि माइक्रो फाइनान्सले ठूलो टेवा पु¥याउने बताए । उनले माइक्रो फाइनान्स आम नागरिकसँग प्रत्यक्षरुपमा पुगेर कारोबार गर्ने भएकाले गरिबी निवारण र रोजगार प्रदान गर्न ठूलो टेवा पुग्ने बताए ।

सो अवसरमा पूर्णिमा विकास बंैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ, फाइनान्सका रामकृष्ण खाँणलगायतले बोल्दै साना किसान र सानो पुँजी भएकालाई सहयोग गर्नुपर्ने बताए ।