२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिजमा ‘लभ यु बाबा’



अ+ अ-

यो साताको फ्राइडे रिलिजमा ८ बर्षे निर्देशक सौगात बिष्ट निर्देशित चलचित्र ‘लभ यु बाबा’ सार्बजनिक प्रदर्शनमा आएको छ । बुधबार प्रिमियर शो हेरे पछी अधिकांश चलचित्रकर्मीले सौगातको कामको खुलेरै प्रसंशा गरेका थिए । सोलो रिलिजको मौका पाएको ‘लभ यु बाबा’ले बलीउड चलचित्रबाट पनि मुक्ति पाएको छ । अर्थात आज नेपालका सिनेमा घरहरुमा ‘लभ यु बाबा’ बाहेक अन्य कुनैपनि नेपाली र हिन्दी चलचित्र प्रदर्शनमा आएका छैनन् ।

चलचित्रका निर्देशक बिष्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारीमा छन् । यस अघि हलीउड सिनेमा निर्देशन गरेका ९ बर्षका बालक सबैभन्दा कान्न्छा चलचित्र निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । सौगात उनी भन्दा एक बर्ष कम उमेरका भएकोले कान्छा निर्देशकको रुपमा गिनीज बुकमा नाम लेखाउने प्रबल सम्भाबना रहेको छ ।

चलचित्र ‘लभ यु बाबा’ले बाबु र छोरी बीचको प्रेमको कथा बोल्छ । जहाँ गजित र सौगातकी बहिनी संगम बिष्ट लिड रोलमा छन यी दुईसँगै निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारको पनि पनि अभिनय रहेको छ ।