२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्कमा सुरक्षाका लागि २८ हजार सुरक्षाकर्मी



अ+ अ-

काठमाडौं, ८ मंसिर । १८औँ सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई सार्क अवधिभर एकीकृत रूपमा परिचालन गरिनेछ ।
नियमित गस्ती, चेकिङ लगायतको प्रमुख जिम्मेवारी प्रहरीलाई दिइएको छ भने भिभिआइपीको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । सेनाका उपरथी पवनजंग पाण्डेको नेतृत्वमा सैनिक मुख्यालयमा कमान्ड पोस्ट एक महिनाअघि नै स्थापना गरिएको थियो । सो कमान्ड पोस्टमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका एआइजीहरू छन् । यो टिमले समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।
सामान्य अवस्थामा सेनालाई ब्यारेकबाट नलिकाल्ने भए पनि सार्क सम्मेलनका लागि राजधानीमा सेनाले नियमित गस्ती गर्दै छ । त्यस्तै सशस्त्र प्रहरीले पनि गस्ती गर्दै छ । सम्मेलनमा आउने सार्कका सदस्य राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्री र उनीहरूको परिवारको सुरक्षाको जिम्मेवारी पूर्ण रूपमा सेनालाई दिइएको छ ।
अर्थले खाना खर्च दिएन
सार्क सम्मेलनमा सुरक्षाकर्मीले निरन्तर १२ घन्टाभन्दा धेरै खटिनुपर्ने भएकाले उनीहरूलाई दैनिक चार सय भत्ता दिन प्रस्ताव गरिएको छ । तर, आइतबारसम्म पनि अर्थ मन्त्रालयले बजेट दिएको छैन । बजेट नदिँदा समस्या भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
मुस्लिम नागरिकहरूमाथि धरपकड
सार्क सुरक्षाका नाममा सुरक्षा निकायले राजधानीलगायत ठाउँमा मुस्लिम नागरिकहरूमाथि धरपकड गर्न थालेको छ । सर्वसाधारणलाई अनुसन्धानका लागि भन्दै पक्राउ गर्ने र थुन्ने काम भएको छ ।
तीन दिनअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारले एक युवालाई विनाकारण एक रात थुन्यो । खाँ थरका ती युवालाई सिंहदरबार वृत्तका डिएसपी सन्तोष खड्का नेतृत्वको टोलीले बागबजारबाट पक्राउ गरेको थियो । एक रात थुनेर मानसिक यातना दिई उनलाई छाडिएको थियो । केही दिनयता प्रहरीले काठमाडौंमा अनुसन्धानका लागि भन्दै दैनिक मुस्लिम नागरिकहरूलाई पक्राउ गर्दै आएको स्रोत बताउँछ ।
आसन्न सार्क सम्मेलनमा मुस्लिम अतिवादी समूहहरूको घुसपैठ हुनसक्ने आशंकामा प्रहरीले उनीहरूमाथि बढी निगरानी गरेको छ । एक महिनाअघिदेखि नै विदेशबाट आउने मुस्लिमहरूमाथि निगरानी राखिँदै आएको छ । उपत्यकाका नाकाहरूमा पनि उनीहरूमाथि थप चेकजाँच गरिएको छ ।
नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले सम्भावित विदेशी आतंकवादी समूहका सदस्यहरू आउन सक्ने भन्दै निगरानी बढाएको हो । विमानस्थलबाट आउने सबै विदेशीहरूको रेकर्ड लिएर प्रहरीले उनीहरू बस्दै आएका होटेलमा समेत निगरानी गर्दै आएको छ । सडकमा सरप्राइज चेकिङदेखि होटेलहरूमा समेत प्रहरीले छापा हान्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।




भर्खरै