२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री ५ अम्बरेले जित्यो नेताको मन



अ+ अ-

मंसिर ५ गते बाट देशभर प्रदर्शन भएको चलचित्र श्री ५ अम्बरेले काठमाडौंको कुमारी हलमा चलचित्रको विशेष शोको आयोजना गरि चलचित्र देखाएको छ । सडक बालबालिकाको बाध्यत्मक परिस्थिति र विवशताको कथा बोकेको चलचित्र श्री ५ अम्बरेको विषेश शो हेर्नका लागी एमाओवादीका नेता डा बाबुराम भट्टराई, एमालेका नेता प्रदिप ज्ञवाली लगायतका कलाकार, पत्रकार, चलचित्रकर्मीको भब्य उपस्थिति रहेको थियो ।

चलचित्र शुरु भएको केहि समयमै बाहिरीएका नेता डा भट्टराईले फेसबुक मार्फत चलचित्रलाई सफलताको शुभकामना दिदै चलचित्र सडक बालबालीका र युवाको जीवन र दुनिया बुझ्न उपयोगी भएको बताए । त्यस्तै चलचित्र पुरा हेरेका नेता प्रदिप ज्ञवालीले चलचित्रको कथावस्तुले आफ्नो मन जितेको बताए ।

चलचित्र हेर्नका लागि चलचित्र श्री ५ अम्बरेका मुख्य कलाकार सौगात मल्ल मात्र हलमा पुगेका थिए । महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा डा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । टि एन आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।