२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीबाट हुनसक्ने संभावित खतरा टार्न कपिलले मागे माफी



अ+ अ-

भारतको लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीसँग माफी मागेका छन् । आफ्नो एउटा शोमा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीहरूसँग माफी मागेका हुन् । उनले एक वर्षअघि एक शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए । तर, आसन्न नेपाल भ्रमणका बेला उक्त कार्यक्रमलार्इ लिएर आलोचना भएपछि कपिलले ट्वीटरमार्फत माफी मागेका हुन् ।

बुधबार साँझ ट्वीट गर्दै कपिलले भनेका छन्- ‘मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु ।’ भारतीय टीभी च्यानल कलर्सबाट प्रसारण हुने कमेडी शो कमेडी नाइट्स विद् कपिलका सञ्चालक कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा छायांकन भएको शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् । नेपाल आएको बेला उक्त काण्डलाई लिएर नेपालीबाट हुनसक्ने सम्भाबित खतराबाट बच्न पनि उनले नेपालीसँग माफी मागेको हुन सक्छ ।