२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायीका प्रियंका कार्कीले एल्बम निकाल्ने



अ+ अ-

बलीउड नायीका प्रियंका चोपंडा गायीकाको रुपमा पनि परिचित छिन् । दुईवटा एलवम समेत निकालीसकेकी प्रियंकाको स्वरलाई पनि धेरैले रुचाएको पाईयो । यत कलिउडकी नायीका प्रियंका कार्कीले पनि बलीउडकी प्रियंकाको जस्तै गायनमा पनि जम्ने तयारी गरेकी छिन् । प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारी गरेकी छिन् । नाम नजुराइएको एक एल्बममा ८ वटा गीत रहनेछ जहाँं प्रियंकाको स्वर सुन्न सकिने छ । सबैले आफूलाई राम्रो गीत गाउँछ्यौ भनेपछि एल्बम निकाल्ने सुरमा रहेको प्रियंकाले जानकारी गराईन् ।

सानैदेखि गायनमा रूची रहेको बताउने नायीका प्रियंकाले यस अघि नै चलचित्र आवरणको शिर्ष गीत गाएकी थिइन् । आगामी साताबाट स्वतन्त्र… बोलको गीतबाट रेकर्डिङ शुरू गर्ने उनको भनाई छ । यसमा शब्द शैलेश श्रेष्ठ र संगीत शैलेन्द्र सिंहको रहनेछ । उनले आफूसँग भएको प्रतिभा देखाउन खोजेको बताईन् । उनले आठवटै गीतको भिडियो बनाउने बताएकी छिन् । अभिनय र गायनको अलवा प्रियंका एक कुशल करियोग्राफर समेत हुन् । उनले मेरो बेस्ट फ्रेन्ड, पुण्टे परेड र मिसन पैशा लगायतका चलचित्रका गीतमा करियोग्राफी गरेकी छिन् ।