२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टलकजंग भर्सेस टुल्के’लाई दर्शकको साथ



अ+ अ-

निश्चल बस्नेत निर्देशित दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राजधानीका हलहरुमा सन्तोषजनक ब्यापार गर्न सफल भएको छ । वितरण कम्पनी पपकर्नका माधव वाग्ललेका अनुसार ‘टलकजंग भर्सेस टुल्के’को अकुपेन्सी सिङ्गल स्टेशनको दाँजोमा मल्टिप्लेक्स स्टेशनमा उच्च छ । राजधानीका क्युएफएक्स अन्र्तगतका सिभल मल, कुमारी, जय नेपालमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले ७ शो पाएको छ । त्यस्तै सुन्धाराको सिने दि सेफ, कमलपोखरीको बिग मुभिज, चावाहिलको गोपिकृष्ण सिनेमा घर, बालाजुको अष्ट नारायण, ग्वार्कोको गुण सिनेमा हल लगायत हलमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शनरत छ । चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जलमार्फत चलचित्रको प्रसंसा गरेका छन् ।

मोफसलमा कार्तिक २१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्देशक निश्चल बस्नेतकै कारणले प्रतिक्षित बनेको थियो । सफल चलचित्र ‘लुट’ पछि बस्नेत निर्देशित दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट दर्शकहरु बढी अपेक्षित हुनु पनि श्वभाबिक नै हो । चलचित्र ‘टलकजंज भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ राई, सुशांक मैनाली लगायतको अभिनय छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ । खगेन्द्र चलचित्रका लेखक समेत हुन् । लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । द्धन्द्धकालिन पृष्ठभूमिमा टुल्के नाम गरेको पात्रले समाजमा आफ्नो अस्तित्व स्थापित गर्न गर्नु परेको संघर्ष नै ‘टलकजंग भर्सेस टुल्के’ को मूल सार हो ।