२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुईटेलले यसरी बनाए नेपाल फेष्टिबलको लोगो



अ+ अ-

मेलवर्न । अष्ट्रेलियामा भैरहेका नेपाल फेष्टिबलको लोगो फोटोग्राफर तथा ग्राफिक डिजाइनर संकल्प लुइटेलले बनाएका हुन् । उनले बनाएको लोगो एक सय भन्दा बढि प्रतिस्पर्धी लोगोहरुलाई पछाडी पार्दै नेपाल फेष्टिबलका लागि छनौट भएको छ ।
उनले यो लोगो रमाइलो तरिकाले बनाएका छन् । नेपाल फेष्टिबलको लोगो बनाउँदा नेपालको प्रतिनिधित्व गर्नुपर्ने चुनौति सोचेर आफुले लोगो बनाएको लोगो निर्माता संकल्प लुइटेलले अनलाइन चौतारीलाई बताए । उनका अनुसार लोगो बनाउने क्रममा उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, नेपालको राष्ट्रिय झण्डा र बुद्वको तस्विर अंकित गर्ने प्रयास गरे ।
लुइटेलले भने –‘अरु देश भन्दा नेपाल फरक भएको प्रमुख यी तीनवटा कारणले हो । त्यसकारण मैले यसलाई समेट्ने प्रयास गरें ।’
सोही अनुसार लुइटेलले नेपालको राष्ट्रिय गान, सगरमाथा, गौतम बुद्व र नेपालको राष्ट्रिय झण्डा समेटेर आकर्षक लोगो बनाउन सफल भए । लोगो बनाउने क्रममा उनले नेपाल चार जात र ३६ वर्णको साझा फुलबारी भएको पनि सम्झिए । उनी भन्छन्–‘मैले त्यही कुरालाई ध्यान दिएर लोगो बनाएको हुँ ।’
यस वर्षको नेपाल फेष्टिबलमा आफ्नो लोगो छनोट भएकोमा लुईटेल निकै खुशी छन् ।
अष्ट्रेलियाको मेलवर्नमा १४ वर्ष देखि बसिरहेका लुइटेल विभिन्न संस्थामा ग्राफिक डिजाइनर तथा फोटोग्राफरको रुपमा कार्यरत छन् ।
उनले बनाएको लोगो अष्ट्रेलियाका प्रमुख तीन शहरहरुमा भैरहेका नेपाल फेष्टिबलमा प्रयोग भैरहेका छन् । अष्ट्रेलियाको पर्थ र सिड्नीमा नेपाल फेष्टिबल भव्य रुपमा सम्पन्न भैसकेको छ भने मेलवर्नमा नोभेम्बर दुईमा नेपाल फेष्टिवल आयोजना हुँदैछ ।




भर्खरै