२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको साथमा अस्ट्रेलियामा तीज मनाइयो



अ+ अ-

आर्मिडेल, भदौ १४ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत आर्मिडेल सहरमा रहेका नेपालीले त्यहाँका सांसदसँगै तीज मनाएका छन् । त्यहाँ रहेका नेपालीहरुको अगुवाइमा भएको सामूहिक तीज कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रका सांसद अड्याम मार्शल र स्थानीय पत्रपत्रिकाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद मार्शलले नेपाली समुदायको संस्कृति सर्म्वर्द्धन गर्न आफू सदैव तयार रहेको बताए । उनले अस्ट्रेलिया सरकार पनि बहुसांस्कृतिक मूल्य मान्यताको पक्षमा रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाली नारीहरूका तर्फबाट डिना राईले अतिथिहरूलाई तीजको महत्वबारे प्रकाश पारिन । केशव तिम्सिनाले आर्मिडेलमा नेपाली समुदायको इतिहास र वर्तमानबारे चर्चा गरेका थिए ।
न्यू इंग्ल्याण्ड विश्वविद्यालय रहेको सेरोफेरोमा रहेको आर्मिडेलमा नेपाली विद्यार्थीको चाप अहिले हृवात्तै बढेको छ । नेपालीहरुको बढ्दो जनसंख्या, तिनका समस्या, अवसर र सांस्कृतिक आवश्यकतालाई मध्यनजर गर्दै अहिले नेपालीहरू आर्मिडेलमा औपचारिक संस्था दर्ताको पहलमा समेत लागेका छन् ।




भर्खरै