२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाओवादीको मेचिकाली अभियान पाचौं दिन सालझण्डी देखी कोहलपुर सम्म



अ+ अ-

रुपन्देही, २४ कार्तिक । संविधानसभाको निर्वाचन केन्द्रीत एकिकृत नेकपा माओवादीको मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्र्तगत आइतवार पाँचौ दिन रुपन्देहीको सालझण्डीबाट सुरु भएर बाँकेको कोहलपुर पुग्दै छ ।

सालझण्डीमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता बाबुराभ भट्टराई र स्थानिय उमेदवारहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको अभियानको रिपोर्टीङमा रहनुभएका सहकर्मी सचित रोकाले जानकारी दिनुभयो । नेता नारायणकाजि श्रेष्ठले भने आईतवार मकवानपुरको क्षेत्र नंबर २ अन्र्तगत बज्रबाराहीमा हुने सभालाई सम्बोधन गर्नुहुने छ ।

सालझण्डिबाट सुरु हुने अभियान विभिन्न स्थानमा सभा गरेर कपिलबस्तु, दाङ हुँदै बाँकेको कोहलपुरमा पुग्ने छ । अभियान अन्र्तगत एकीकृत माओवादीले आइतवारनै कपिलबस्तुको ‘४ नंबर जितपुर’ र चन्द्रौटामा सभा गर्दै छ । कपिलबस्तुको क्षेत्र नंबर १ मा एकीकृत माओवादीले जनमुक्ति सेनाका पुर्व डेपुटी कमाण्डर चक्रपाणी खनाल बलदेबलाई प्रत्यक्ष तर्फको उमेदवार बनाएपछि माहौल निकै तातेको छ ।

अभियान अन्र्तगत माओवादीले आइतवार दाङ्मा चारवटा सभा गर्ने भएको छ । दाङमा भालुवाङ, लमही, घोराही र तुल्सीपुरमा सभा हुने छन् । अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादीेले दाङका सबै ५ क्षेत्र सहित राप्तीका पाँच वटै जिल्लाबाट जित हाँसिल गरेको थियो । अभियान टोली दाङ्का सभा सकेर आइतवारनै बाँकेको कोहलपुरमा आयोजना हुने सभामा पुग्ने जनाईएको छ ।
काँकडभिट्टाबाट बुधबार सुरु भएको अभियानमा लाखौले सहभागिता जनाएका छन् । नेतृत्वको प्रहरी, वाईसीएल, एमाओवादी कार्यकर्ता र सर्वसाधारले सुरक्षा प्रदान गरेका छन् ।