२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफन्तको पर्खाईमा वेपत्ता परिवार



अ+ अ-

पुजा शर्मा-
दुर्गा वहादुर राना उमेर ९ वर्षका भए । उनले आफ्नी आमालाई पटक पटक वुवाको वारे सोधी खोजी गरे । आमा डोटी रानाले पटक पटक आऊनुहुन्छ भनी छोराको चित्त वुझाईन । तर यसपटक भने उनी भक्कानिएर पत्रकार संग भनिन् –छोरालाई ढाट्न थालेको धेरै भयो । १० वर्ष भयो श्रीमानको कुनै अत्तोपत्तो छैन् । भारतमा काममा हिडेका शोभाराम राना घर फर्कने क्रममा वाँकेको चिसापानीमा २०६० सालमा तत्कालिन शाहि सेनाको पक्राऊ गयो । उनी संगै कामको खोजीमा गएका साथीहरु घर फर्किए । तर उनी आएनन् ।

कक्षा ५ मा पढ्दै गरेको छोराले सोध्दा के भन्ने उहाले प्रश्न गर्नु भयो । आफुले नभने पनि कतै वाट आफ्ना वुवा सरकारले,सेनाले पक्राऊ गरेको सुनेको रहेछ । मलाई भन्यो । उहाले भन्नु भयो– कि लास दिनु पर्यो कि सास । आफ्नो जीवन साथी वर्षो वित्दा पनि वेपत्ता हुदा निराश भएको छ ।
दमाचौर स्थित भानुभक्त माविमा कक्षा ९ मा पढ्दै गरेकी करिश्मा कवँरले पनि आफ्ना वुवाको अवस्था राज्यले सार्वजनिक गर्नुपर्ने वताईन् । आमा संगै सदरमुकाम खलंगा आएकी करिश्माले मानवअधिकार उल्लंघन गर्ने दोषीलाई न्यायिक कटघारामा उभ्याऊन आग्रह गरिन । दमाचौर १ का तेजवहादुर कवँरलाई २०५९ मंसिर ८ मा सुरक्षाफौजले नियन्त्रमा लिएको ढाका कुमारी कवँरले वताऊनु भयो । मेरा श्रीमान लाई तुलसीपुरवाट पक्राऊ गरेको थाहा पाए लगत्तै जिल्ला प्रशासन, मानवअधिकारकर्मी कहाँ पटक पटक पुगे । उहाले भन्नु भयो– आश्वासन वाहेक कसैले केही दिइएनन् । हामी पहल गछौ भने तर ११ वर्ष भयो कतै अत्तो पत्तो छैन ।

वेपत्ता पारिएका आफन्तले दोषिहरुलाई कार्वाही हुनु पर्ने वताएका छन् । वाँझकाडा ५ का २१ वर्षिय चवन सिह वुढाथोकीले हामीलाई चाहिएको हाम्रा आफन्तको सार्वजनिकीकरण र दोषीमाथीको कार्वाहाी हो । चवनसिहका दाई वेदवहादुर वुढाथोकी र मेघराम वुढाथोकीलाई सल्यान सिमखर्क वाट गस्तीमा आएको सेनाले पक्राऊ गरेको हो । धेरै पटक जिल्ला प्रशासन र सिमखर्क ब्यारेक धायौ । पटपटक तपाईको आफन्त आऊछ । कहिले कता कहिले कता भनेर अल्मल्याऊने । आश्वासन दिने कामभयो । स्थिति सार्वजनिक गरिएन । शिद्धेश्वरी ६ की डव्ली परियारले पनि श्रीमान डोटीराम परियार वेपत्ता भएको ११ वर्ष भएको वताऊनु भयो । आफुले श्रीमान आऊने आशमा एक मात्र छोरा अजयलाई पालेर वसेको वताऊनु भयो । उहाले भन्नु भयो – कहिले आऊछनकी भन्ने आशमा वसेका छौ ।

सिनवाङ्ग ६ कि ६० वर्षिय रुपा वोहरालाई आफ्नो १४ वषिय छोरा रेशम अहिल्यै आउछ जस्तो लाग्छ रे । उहाले आशु झादै भन्नु भयो – सानो छोरा समान किन्न जान्छु भनि कपुरकोट गएको हो । समयले ११ वर्ष पुगेपनि आज जस्तै लाग्छ । रेशम वोहरालाई कपुरकोटमा रहेको तत्कालिन शाहि नेपाली सेनाले २०५९ वैशाख २० मा पक्राऊ गरेको हो । आफुहरु पटक पटक कपुरकोट ब्यारेक पुग्दा सदरमुकाम खलंगामा जान भनेको वताऊनु भयो । आक्रोशित हुदै उहाले भन्नु भयो – हामीलाई राहतमा टालटु पार्न खोजिएको छ । त्यो मान्य हुदैन् । मेरो छोरा वेपत्ता पार्नेलाई हदै सम्मको कार्वाही हुनुपर्छ ।
सल्यान खलंगमा भेटिएका झण्डै ३ दर्जन वेपत्ताका परिवारले राज्य वा विद्रोही जस–जसवाट वेपत्ता वनाईएका भएपनि आफन्तको तत्काल सार्वजनिक गर्न सरकार संग आग्रह गरेका छन् । उनिहरुले एमाओवादी ,काँग्रेस, एमाले, नेकपा माओवादीका नेताहरुलाई पटकपटक आफ्न्त खोजी दिन आग्रह गरेको भएपनि सुनुवाई नभएको वताए ।

पिपल्नेटा ९ का ६८ वर्षिय घमण्ड वुढाथोकीले आफ्नो छोराको स्थिति सार्वजनिक गर्नु सरकारलाई आग्रह गर्नुभएको छ । उहाले भन्नु भयो– हाम्रा सन्तान सार्वजनिकीकरण गर । काठमाण्डौमा अध्ययनकालागि गएको छोरा पोखराज वुढाथोकी २०५८चैत्र २६ गते कोटेश्वरवाट वेपत्ता पारिएको वुढाथोकीको भनाई छ ।स्थानीय शान्ति समिति सल्यानको तथ्याङकमा भने ३७ जनाको वेपत्ता नाम सूचिमा उल्लेख गरिएको छ ।