७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले परेको असर बारे बुझ्न तीन राजदूतहरु हिमाली क्षेत्रमा



अ+ अ-

काठमाडौं । जलवायू परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर बारे जानकारी लिन र पर्यटन प्रबर्धनका लागि भन्दै तीन देशका राजदूतहरु हिमाली क्षेत्रको भ्रमणमा निस्केका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी , बेलायती राजदूत निकोला कथ्राइन पोलिट, तथा अस्ट्रेलियाली राजदूत  फेलिसिटी भल्क नेपालको प्रमुख एक पर्यटकीय स्थल रारा ताल पुग्नु भएको छ ।

अमेरिकी दुताबासका अनुसार उहाँ नेपालका बिभिन्न भागहरु घुम्न, जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायु सम्बन्धी तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन संयुक्त भ्रमण निस्कनु भएको हो । 

रारा पुगेपछि राजदूत बेरीले सामाजिक संञ्जालमा लेख्नुभएको छ – 

तपाईंहरूका केही जिज्ञासाहरू लिन्छु। म किन यो यात्रामा निस्कें? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो। 

रारा ताल नेपालको सवैभन्दा ठुलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो। यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो। जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ। अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूस सम्म पनि पर्ने गर्दछ। 

त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सवैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु।