काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दौडधुपका कारण रक्तचाप बढेकाले प्रचण्ड उपचारका लागि शनिबार मेडिसिटी भर्ना भएका थिए ।
उनका स्वकीय सचिव रमेश मल्लका अनुसार डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उनको स्वास्थ्यमा सामान्य समस्या आएको थियो ।












