७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा एक लाख बढि कोभिडविरुद्धको फाईजर खोप प्रदान



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाईजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गर्नु भएको हो । 

अनुदान सहायता स्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ । कार्यक्रममा बोल्दै निर्देशक केभान्शाडले कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिने कार्यक्रम अनुसार १ लाख भन्दा बढि कोभिडविरुद्धको फाईजर खोप नेपाललाई सहयोग गर्न पाउँदा अमेरिकालाई खुशी लागेको बताउनु भयो । उहाँले यो खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना समेत सुनिश्चत गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा गर्व लागेको बताउनु भयो ।

निर्देशक केभान्शाडले अमेरिकाले यस अघि नेपाललाई असारमा एक मात्रा मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एण्ड जोन्सन खोप पनि अनुदान स्वरुप उपलब्ध गराइएको स्मरण गराउनु भयो । त्यसैगरी अमेरिकाले करिव १२ करोड २० लाख डलरभन्दा बढिको स्वास्थ्य सुरक्षा सामग्री नेपाललाई उपलब्ध गराईसकिएको पनि कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले अमेरिकाले एक लाखभन्दा बढि मात्राको कोभिडविरुद्धको फाईजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गर्नु भएको थियो । अमेरिका कोभिड महामारीको अन्त्य गर्ने र सुरक्षित विश्वको निर्माण गर्ने कार्यमा नेपालसँग सहकार्य गर्न पाउँदा खुशी भएको पनि यूएसएआईडीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।