२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलः नेपालले थाइल्यान्डको सामना गर्दै



photo: anfa
अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज (बिहीबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको चोनबरीमा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयानुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

आजको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डकै चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।

यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले दुबै खेल १–० को नतिजासहित आफ्नो पक्षमा पारेको थियो ।

नेपाल एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको छ । जुन समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।




भर्खरै