२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पीएनजीसँग पराजित



नेपाली क्रिकेट टाेली
अ+ अ-

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पीएनजीले नेपाललाई ६ रनले हराएको हो ।

२९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २८६ रन जोड्यो । नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर रहेको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा ३२, अनिल शाहले २१ बलमा ६, देव खनाल ६ बलमा शून्य रन, दिपेन्द्र सिंह ऐरीले १७ बलमा १५, रोहित पौडेलले १०७ बलमा १२६, आरिफ शेखले ६४ बलमा ३४, भिम सार्कीले १८ बलमा १७, पवन शर्राफले १० बलमा ७ रन जोडे । यस्तै सोमपाल कामी १६ बलमा १८ तथा कमल ऐरी १५ बलमा १८ रनमा अविजित रहे ।

पीएनजीका लागि नोर्मन भनुआले ३ विकेट लिए । यस्तै अशद भाला र चाल्र्स अमिनीले २–२ विकेट लिए भने नोसाइना पोकानाको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पीएनजीले ५० ओभरमा ८ विकेटको क्षतिमा २९२ रन जोड्यो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन समेत हो ।

पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रन जोडे । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ४७ बलमा ३८ रन बनाउँदा रिले हेकुरे ४० बल खेल्दै ३१ रनमा आउट भए । नोरमान भनुआले २८ बलमा ४७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, जासन किला ११ बल खेल्दै १३ रनमा अविजित रहे ।

नेपालका लागि कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

यसैबीच, मध्यक्रमका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाए ।

रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

 

 

 

 




भर्खरै