२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका विदेशमन्त्री वाङ शिबपुरी पदयात्रामा,आजै औपचारिक भेटवार्ता



अ+ अ-

काठमाडौँ । तीन दिवसीय नेपाल भ्रमण रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले आज औपचारिक भेटघाट गर्दे हुनुहुन्छ । विदेशमन्त्री यीले आज नेपाली समकक्षी परराष्ट्रमन्त्री डा नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

यसअघि उहाँ बिहानै शिवपुरी हाइकिङमा जानुभएको छ । त्यसपछि दिउँसो उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

उहाँलेआइतबार बिहान ९ः३० मा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन बिहान ११ बजे विदेशमन्त्री यीले होटल मेरियटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गर्नुहुनेछ । सो अवसरमा अध्यक्ष ओलीको टोलीमा उपाध्यक्षसहित सात सदस्य रहनुहुने बताइएको छ ।

एमाले अध्यक्ष ओली पछि उहाँले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग छलफल गर्नुहुने छ । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विदेशमन्त्री यील शुक्रबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँ आईतबार चीन फर्कनु हुने छ ।




भर्खरै