२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारीः झलनाथ खनाल (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताउनुभएको छ ।

बिहीवार काटमाडौंमा रिर्पोट्स क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले दश वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौँ । यो एउटा राम्रो संविधान बनेको छ । यद्यपी संविधान कुनैपनि अन्तिम हुँदैनन् । यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन । तर सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ । यो तुलनात्मक रुपले राम्रो संविधान हामीले बनाएका छौँ । स्वभाविक रुपले यो संविधानमार्फत् हामीले ०६२÷०६३ को जनक्रान्तिको उपलब्धीहरुलाई संस्थागत गरेका छौँ । त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण २ करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरुको रुपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरुका निम्ति एउटा ठुलो जिम्मेवारीको विषय हो ।’

उहाँले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।




भर्खरै