२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप २०२२ को ‘ड्र’ आज



अ+ अ-

एजेन्सी । आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप २०२२ को अन्तिम ‘ड्र’ आज शुक्रबार हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार कतारको दोहामा हुने ड्र नेपाली समय अनुसार शुक्रबार राति ९ः४५ मा सुरु हुनेछ।

विश्वकपमा छनोट भएका टिमहरु ८ समूहमा बाँडिनेछन् । फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको छ ।

विश्वकपका लागि हाल २९ राष्ट्र छानिएका छन् । जसमा आयोजकको रुपमा कतारले पोजिसन ए वानबाट पोट १ मा स्थान लिएको छ । कतारसँगै पोट १ मा विश्व वरीयताको शीर्ष सात टोलीहरुसँग सामेल छन् । जसमा ८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पोट २ मा छन् ।

त्यस्तै १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा छन् भने पोट ४ मा २४ देखि २८ औं स्थानका वरीयताको टोलीहरु रहेका छन् । यसै पोटमा अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरू सामेल हुनेछन् ।

२०२२ को विश्वकप समरमा हुने तालिका रहेपनि कतारमा हुने गर्मीका कारण यस पटक नोभेम्बर २१ बाट विश्वकपका खेलहरु सुरु हुनेछन् । फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।




भर्खरै