२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १५.९४ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम बृद्धि भएको छ । आइतबार १ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो ।

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको शेयर मूल्य ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य ९.१२ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ । नबिल बैंकको साँढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।