२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री आले र टिभिएस ट्राभल्स एण्ड कार्गो कुँवेतका जनरल मेनेजरबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा कुँवेत स्थित टिभिएस ट्राभल्स एण्ड कार्गोका जनरल मेनेर फातिमा सेरीफबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा जनरल मेनेजर सेरीफले नेपालमा पर्यटन प्रबद्धन, प्रचार प्रसार तथा कुँवेतका पर्यटकहरु भित्रयाउनका लागि आफुले सहयोग गर्ने जानकारी दिनुभयो ।

नेपालको पर्यटन प्रबर्द्धन तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा थप विकासका लागि आफ्ना तर्फबाट गर्न सकिने काम गर्ने समेत जनरल मेनेजर सेरीफले मन्त्री आलेलाई जानकारी दिनु भएको थियो । उक्त भेटका क्रममा मन्त्री आलेले कुँवेतका पर्यटकहरु नेपालमा आउदा यहाँका पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पर्ने र यहाँका लुम्बिनी, पोखरा लगायतका क्षेत्रमा अवलोकन भ्रमण गर्न आग्रह गर्नुभयो । मन्त्री आलेले भन्नुभयो, “हामी नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई आगामी जेठ २ गतेदेखि व्यावसायीक अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछौँ, त्यसपछि लगत्तै पोखरामा उडान गर्छौँ पर्यटकहरुलाई सहज हुने छ ।”

सोही छलफलका क्रममा मन्त्री आलेले अहिले नेपालमा कोरोना सङ्क्रमण दर करिब करिब अन्त भइसकेकाले अब जुनसुक्कै देशका पर्यटकहरु नेपाल भ्रमणका लागि आउँदा कुनै समस्या नरहेको जानकारी गराउनुभयो । कोरोना सङ्क्रमणको अन्तसँगै अहिले नेपालको पर्यटन क्षेत्र केही माथी उठ्न लागेकाले नेपालमा पर्यटकहरु आउँदा यहाँका पर्यटकीय क्षेत्र भ्रमण गर्नमा सहज भएको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण दर घट्दै गएको छ, पर्यटकहरुलाई यहाँका पर्यटकीय क्षेत्रमा भ्रमण गर्न अहिले निकै सहज भएको छ ।”
–विमलबहादुर विष्ट/रासस